Bagmati Samachar Logo

एमाले नेताहरुको जिम्मेवारी हेरफेर (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जहरु र अन्य विभागको इन्चार्जको जिम्मेवारी हेरेफेर गरेको छ ।

कोशी इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरख बोगटी, सुदूरपश्चिममा लेखराज भट्टलाई तोकिएको छ । भट्ट र अर्याल केन्द्रीय सचिव हुने भने अरु नेताहरु स्थायी कमिटी सदस्य हुन् ।

सचिवद्धय अर्याल र भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरिएका छन् । बागमतीका इन्चार्ज रहेका गुरुप्रसाद बराल बढुवा भएर उपाध्यक्षमा मनोनीत भएका छन् । उपाध्यक्ष सुवाष नेम्वाङको निधन पछि उक्त सिट रिक्त थियो ।

मधेशको इन्चार्जमा दाबी गरेका सचिव रघुवीर महासेठलाई अन्तर्रारष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। यसअघि सो विभागको प्रमुख रहेका राजन भट्टराई बागमतीमा इन्चार्ज बनाइएका छन् ।