बैंक चम्किदा सेयर बजारमा १ सय १३ अंकको बढोत्तरी

काठमाण्डौ । साताको पहिलो दिनको सेयर बजारमा उछाल आएको छ । आज नेप्से खुलेदेखि नै बढ्दो क्रममा रह्यो । बजार खुलेको २ मिनेट मै पहिलो सर्किटमा बजार २० मिनेटका लागि बन्द भएको थियो ।
त्यसपछि दोस्रो सर्किट लाग्यो र बजार ४० मिनेट बन्द भयो । ५ प्रतिशतले बढेपछि दोस्रो पटक बन्द भएको नेप्से त्यसपछि भने निरन्तर घट्ने प्रयास गर्यो ।
विस्तारै सम्हालिँदै नेप्से बन्द हुने बेलामा ४.४१ प्रतिशतले बजार बढेर बन्द भएको हो । यसक्रममा आज १ सय ४८ वटा कम्पनीको सेयर मूल्य बढ्यो । आज १२ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतको वृद्धि आएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज बैंकिङ समूहमा सर्वाधिक उछाल आयो ।
यो समूह आज ९.८९ प्रतिशतले बढेर १ हजार ५ सय ७४ विन्दुमा पुग्यो । दुई ठूला पार्टीको सरकार बने सँगै लगानीकर्तामा उत्साह बढका कारण सेयर बढिरहेको छ । गत शुक्रबार आएको मौद्रिक नीति लचिलो आएको भन्दै लगानीकर्ताले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: