Bagmati Samachar Logo

प्रदेशसभालाई सम्बोधन गर्दै बागमतीका मुख्यमन्त्री जम्कट्टेलले गरे राजीनामाको घोषणा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

सम्बोधनका क्रममा उनले नयाँ सरकार बनाउन दुई दलको स्पष्ट बहुमत रहेकाले मार्गप्रशस्त गर्न चाहेको बताए । माओवादी केन्द्रले प्रदेशसभामा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनले बताए ।

२४ असारमा नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए । बागमतीमा अब कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नेछ । यहाँ नेपाली कां‌ग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको छ ।