Bagmati Samachar Logo

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई संसदका बहुमत सांसदहरूले सहमति जनाएका हुन् ।

बहुमत सांसदहरूको समर्थनसँगै सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधिसभाबाट बहुमतले पारित भएको घोषणा गरे ।