Swornakshar Logo

राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव कट्टेलले भने : बजेट समाजवाद उन्मुख आएको छ

काठमाडाैं । नेपाल सरकारकारका अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ सालको बजेट समाजवाद उन्मुख ल्याएको राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव कट्टेलले बताएका छन् । नेपाल सरकारले संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याएको छ । यो बजेटले सुखी नेपाली ,समृद्ध नेपाल भन्ने नाराका साथ नमुनाको रूपमा समाजवाद उन्मुख अर्थतन्त्रलाई, बजेटमा प्रस्तुत गरेको उनले बताएका छन् ।
बजेटमा नारा भन्दा पनि कार्यन्वयन गर्न सक्ने बजेट आएको उनले बताए । उनले भने,‘यो वर्षको बजेट समाजवाद उन्मुख छ । जनताका आवश्यकता पूर्ति गर्ने र सरकार जनताको पक्षमा छ भन्ने देखिएको छ । आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेर जनताको पक्षमा बजेट ल्याएको छ ।’

सरकारी १०० बेडका अस्पतालमा नर्सिङ र ३०० बेडका अस्पतालमा एमबीबीएस कक्षाको सम्भावना हेर्ने भनेको जुन राम्रो कुरा हो ।
साना किसानको बाली तथा पशुपंक्षी बीमाका लागि सरकारले प्रिमियम रकममा अनुदान प्रदान गर्न एक अर्ब ६५ करोड रूपैयाँ बजेट छुट्ट्याएको छ।
निजगढदेखि ढल्केबरसम्मको पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रलाई नेपाली गलैंचा करिडोरको रूपमा विकास गरिने भएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आगामी आर्थिक वर्षमा करिब दुई लाख युवालाई न्यूनतम १०० दिनको रोजगारी दिइनेछ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवाहरूलाई सार्वजनिक मर्मत सम्भारका कार्यक्रममा सहभागी गराइने भएको छ ।