Swornakshar Logo

सुनसरीमा गोली चल्यो

काठमाडौँ । सुनसरीको रामधुनी नगरपालिका–६ इचौलमा गोली चलेको छ । काठमाडौँबाट खटिएको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

प्रहरीको गोली लागेर लागुऔषध कारोबारमा संलग्न श्यामसुन्दर खान मण्डल घाइते भएका छन् । उनको दायाँ खुट्टामा १ राउण्ड गोली लागेको लागुऔषध नियन्त्रण ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । मण्डलसँगै रहेका श्यामसुन्दर निरौलालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

आरोपीहरूको साथबाट प्रहरीले २१० ग्राम ७ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।