Swornakshar Logo

नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर

काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले न्यौपानेलाई दोषी ठहर गरका छन् । अदालतले दोषि ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ ।

न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७८ सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीमाथि सजाय निर्धारणका लागि १६ वैशाखमा पेसी तोकिएको छ ।

प्रतिवादी बनाइएका रामरत्न उपाध्यायसहित अन्य आठ जनाले भने सफाइ पाएका छन् । न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप थियो ।