Swornakshar Logo

धुर्मुस–सुन्तलीले अलपत्र छोडेको गौतम बुद्ध रंगशाला बामगती प्रदेश सरकार र भरतपुर महानगरले बनाउने

मकवानपुर । हाँस्य कलाकार धुर्मुस–सुन्तलीले निर्माण गर्न नसकेपछि अलपत्र अवस्थामा छोडेको चितवनस्थित गौतम बुद्ध त्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले बनाउने भएका छन् ।

रंगशाला बनाउन मंगलबार हेटौंडामा बागती प्रदेश सरकार र भरतपुर महानगरपालिका बीच भएको बैठकमा रंगशाला निर्माणका लागि आवश्यक लगानी गर्ने सहमति भएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित भरतपुर महानगरकी मेयर रेणु दाहालको उपस्थितिमा रंगशाला निर्माणका लागि प्रदेश सरकारले ७० र महानगरले ३० प्रतिशत लगानी गर्ने सम्झौता भएको हो ।

बैठकले यसअघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने र केही दिनभित्र ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाउने सहमति भएको हो ।

महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्ताव अनुसार काम सुरु गरिने छ । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको जनाएको छ । यस कार्यका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्नेछ ।