Swornakshar Logo

साना किसान कृषि सहकारी हटियाको १३ औं वार्षिक साधारण सभा सम्मपन्न

हेटाैंडा । साना किसान कृषि सहकारी संस्था लिमिटेड हटीयाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार सहकारी संस्थाले हेटौंडा उपमहानगरपालिका १७ नंं वडाको लक्ष्मी आधारभूत विद्यालयमा आफ्नो साधारण सभा सम्पन्न गरेको छ ।

सहकारी संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष कमला श्रेष्ठले प्रस्तुत गरेकी थिइन भने आयव्यय लेखा समितिले प्रस्तुत गरको थियो ।

साधारण सभामा शेरधनीको उपस्थित थियो । सहकारीले हरेक वर्ष गर्ने साधारण सभा सम्मन्न भएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

मकवानपुर जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आथित्यमा साधारण सभा सम्मपन्न भएको हो । प्रमुख घलानले अहिले सकारीको अवस्था नाजुक रहेको छ । सहकारीको छवि समाजमा राम्रो नभइरहेको समयमा यो सरकारीले गत वर्षको भन्दा राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

विश्वभरी आर्थिक मन्दी आएको अवस्था छ । त्यसबाट नेपाल पनि अछुतो छैन । यस्तो संकटको समयमा पनि सबैको साथ सहयोग र विश्वासले राम्रो काम गर्न सकेको र आगामि दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको अध्यक्ष श्रेष्ठले बताइन् । उनले भनिन्,‘यो सहकारीका सबै सदस्यहरुको र समाजको साथ सहयोगले राम्रो काम गर्न सकेका हौँ । अझै पनि साथ सहयोगको अपेक्षा गरेका छाँै । तपाईहरुको साथ सहयोग रहेमा अझै राम्रो काम गदै सहकारीले विश्वास दिलाउने छ ।’

साधारण सभाले शेरधनीहरु मध्ये विभिन्न विधामा पुरस्कार र सम्ममान गरेको छ । जसमा जेष्ठ शेयर सदस्यमा पुरस्कार पाउनेमा अनन्तदेवी दुलाल, समुह नं. १२३ गैरी गाउँ, हरिमाया राई, समुह १५ राजदेवी, चक्रधरी दहाल, समुह १५ राजदेवी र सिता कटेल, समुह १३ राजदेवी रहेका छन् ।

त्यस्तै उत्कृष्ट कृषक सम्मान देवकी अधिकारी समुह ११३ त्रिशुले लाई  टु इन वान इलेक्ट्रिक हातेपम्प प्रदान प्रदान गरेको छ । उत्कृष्ट पशुपालन किसान सम्मान भैसी पालन व्यवसायी कविता कार्की, समुह १६० गैरीगाउ लाई प्रदान गरेको छ । उनलाई पछौरी र दुध दुने बाल्टी प्रदान गरेको छ ।

उत्कृष्ट ऋणी सदस्य सम्मान पाउनेमा शुभद्रादेवी राई, समुह ०३९ सानोगंगटे रहेकी छन् । उत्कृष्ट बाख्रा पालक किसान सम्मान गायत्री नेपालले पाएकी छन् । उनको समुह १८८ ठूलोगंगटे हो । उनलाई पछ्यौरी र बाख्रालाई पानी खुवाउने बाटा दिएको छ ।

उत्कृष्ट समुहमा वडा नं. ९ को समुह नं.०९३ ले पाएको छ । उक्त समुहलाई एकमुष्ट सम्मान पत्र प्रदान गरेको छ । उक्त समुहमा अध्यक्ष रोजिना कुमारी वि.क,सदस्य संगीता विक, धनकुमारी विक, विष्णु विक,सुन्तली सुनारर सुकमाया विक रहेका छन् ।

उत्कृष्ट कर्मचारी सम्मान प्रबन्धक सन्ताेष श्रेष्ठलाइ नगद तीन हजार र सम्मान पत्र प्रदान गरेकाे छ ।

कार्यक्रम विशिष्ट अतिथिहरुमा हेटौंडा उपमहानगर पालिका उपप्रमुख राजेश बाँनिया, नेपाल कृषि सहकारी केन्द्रीय संघ सल्लाहकार एकराज उप्रेती रहेका थिए ।

विशेष अतिथिमा हेटौंडा उपमहानगर पालिका १७ नं. वडा अध्यक्ष तथा सल्लाहकार समिति सदस्य उद्धव सत्याल,वडा नं. १६का वडा अध्यक्ष रामकृष्ण कोइराला र १७ नं. वडाका पूर्व वडा अध्यक्ष भैरब बहादुर राईको पनि उपस्थिति रहेको थियो ।