Swornakshar Logo

‘जमजम इलेक्ट्रोनिक्स’को नाममा झण्डै ५० लाख ठग्ने २ जना पक्राउ

काठमाडौँ । ठगहरु ठगीका पनि अनेक तरिका अपनाउन थालेका छन् । ‘जमजम इलेक्ट्रोनिक्स’ नामको ठगीधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले करिब ५० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साका राजकुमार पण्डित र रौतहटका उमेश कुमार यादव रहेका छन् । ब्युरोको टोलीले ललितपुरको कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

उनीहरुले सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्स एप मा जमजम इलेक्ट्रोनिक्समार्फत पुरस्कृत भएको भन्दै कस्टम क्लियरेन्सका लागि रकम मागेर ठगी गरेको उजुरी नेपा प्रहरीको साइबर ब्युरोमा परेको थियो ।

उनीहरुले पीडित महिलाहरुलाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाइ ठगी गरेको उजुरी परेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । उनीहरुले महिलाहरुलाई ठगेको पाइएको छ ।

ब्युरोका अनुसार अभियुक्तहरुको साथबाट ४९ लाख ९५ हजार रुपैयाँ बरामद भएको छ । यस्तै १८३ थान सिमकार्ड, १२ वटा एटीएम कार्ड र राउटरलगायतका सामाम बरामद गरेको छ ।