Swornakshar Logo

एकै दिन नक्कली शैक्षिक प्रमाणपत्र भएका सांसद शर्मासहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार सत्तारुढ दलका एक जना सांसद सहित पाँच जनालाई पक्राउ गरेको छ । सीआइबीले बिहीबार एक अपरेसन चलायो, जसांसदसहित पाँच जना पक्राउ परेका छन्।

नक्कली शैक्षिक प्रमाणपत्र कसुरमा सीआईबीले सांसद शर्मासहित अन्य चार जना डाक्टरहरूलाई पक्राउ गरी हिरासतमा लिएको हो । सीआईबीले यो अपरेसनको नाम ‘फोक्सट्रोट चार्ली’ दिएको छ ।

पक्राउ पर्नेहरूमा पिपरा–८, महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पताल मा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा एरिना शाह छन् । डा. रामबाबुलाई रौतहटबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । अन्यलाई काठमाडौंबाट पक्राउ गरेको हो ।