मकवानपुरमा अफिम र गाँजा खेतिको विकल्पमा कफि खेति गराउदै प्रहरी

हेटौँडा । मकवानपुर जिल्लाका अफिम र गाँजा खेति हुने विकट गाउँमा बागमती प्रदेश प्रहरीले कफि खेती सुरु गराएको छ ।
मकवानपुर जिल्लाका विकटका गाउँहरुमा वषौ देखि अफि र गाँजा खेति गदै आएका छन् । अहिले त्यसको विकल्पको रुपमा कफि खेति गराउन प्रहरी आफै अघि सरेको छ । मकवानपुरको राक्सिराङ, कैलाश गाउँपालिका लगायतका बिकट क्षेत्रका किसानहरुलाई प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक किरण राणाले गाँजाको विकल्पमा कफि खेती गर्नका लागि किसानलाई प्रोत्साहित गुर्नका साथै कफिका विरुवा वितरण गरेकी छन् ।
किसानले गाँजा लगाउनु भन्दा कफि लगाएमा उनीहरुलाई धेरैनै फाइदा हुने भएकाले विकल्प दिएको राणाले बताइन् । उनले भनिन्, ‘कफिले करिब ७० वर्ष सम्म फल दिइरहन्छ । कफि खेती गरेमा किसानलाई पनि फाइदा हुन्छ त्यसैलेनै हामिले गाँजाको विकल्पका रुपमा कफिका बिरुवाहरु निरन्तर रुपमा वितरण गर्नेछौं।’
अहिले चितवन र मकवानपुरका गाँजा खेती हुने क्षेत्रमा कफिका विरुवा वितरण गरेर रोप्ने काममा पनि प्रहरीले सघाएको छ । गाँजा खेती हुने क्षेत्रमा ५ लाख वटा विरुवा वितरण गर्ने लक्ष राखिएको उनले बताइन। यो अभियान बागमती प्रदेशका बिकट गाउँमा चलाउने जनाईएको छ । सधैका वर्षहरुमा आफुहरुले गाँजा खेती गर्ने, प्रहरी आएर फडानी गर्दा मेहनत र लगानी समेत डुब्ने भएकाले अब कफि खेती गर्ने किसानहरु बताउँछन् ।
मकवानपुरको राक्सीराङमा गाँजाको बिकल्पको रुपमा कफीको विरुवा रोप्न सुरु गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राक्सीराङ गाउँपालिका–५ ठाडेचुरेमा गाँजाको बिकल्पको रुपमा कफीको विरुवा वृक्षारोपण गरिएको हो । प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको नेतृत्वमा भएको कार्यक्रममा ४ हजार कफीको विरुवा वृक्षारोपण गर्नुका साथै १५ हजार बिरुवाहरु राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको थियो ।
मास्के मल्टि प्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रालि चितवनसँगको सहकार्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कफिको बिरुवाहरुको वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस्: