Swornakshar Logo

चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्ष कैद सजाय

काठमाडौँ । विशेष अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मालाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

दालतले ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल बिगो कायम गरेको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए ।

ययसअघि जेठ १८ मा विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा सहसचिव शर्मा, कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको थियो । विशेष अदालतले सहसचिव शर्मालाई गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा भने सफाइ दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगमार्फत् व्यापारीहरूलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मासहित तीन जनाविरुद्ध २०७८ असार ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । शर्मासहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख ३० हजार ३८५ रुपैयाँ बिगो माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Ba