ताजा अपडेट
अपराध

पोखरा दुर्घटनामा बितेकी को पाइलट अञ्जुले १६ वर्षअघि यतीकै विमान दुर्घटनामा को पाइलट पति गुमाएकी थिइन्

पोखरा दुर्घटनामा बितेकी को पाइलट अञ्जुले १६ वर्षअघि यतीकै विमान दुर्घटनामा को पाइलट पति गुमाएकी थिइन्

काठमाडौं । पोखरामा आज भएको विमान दुर्घटनामा परेकी को पाइलट अञ्जु खतिवडाले पनि ज्यान गुमाइन् । दुःखद संयोग के भने, १६ वर्षअघि अर्थात् ७ असार २०६३ मा यती एयरलाइन्सकै विमान दुर्घटनामा परी उनका श्रीमान् दीपक पोखरेलको मृत्यु भएको थियो ।

पोखरेल पनि त्यो विमानको को पाइलट थिए । नेपालगञ्जबाट सुर्खेतहुँदै जुम्ला जाँदै गरेको एयरक्राफ्ट ९ एनएईक्यू सी विमान उडेको २६ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो । त्यो दुर्घटनामा ६ यात्रुसहित पाइलट किरण मल्ल, को(पाइलट पोखरेल र क्याबिन क्रु दीपक शेरचनको मृत्यु भएको थियो ।

को(पाइलट श्रीमान्‌को मृत्यु भएपछि अञ्जुले पाइलट तालिम लिएकी थिइन् । त्यो घटनाको १६ वर्षपछि यती एयरलाइन्सकै विमान दुर्घटनामा अञ्जुले ज्यान गुमाएकी छन् । अर्थात्, को पाइलट दम्पतीले १६ वर्षको अवधिमा एउटै कम्पनीको विमान दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

दुर्घटनाग्रस्त विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए । पाइलट कमल केसी, क्याबिन क्रु सिर्जना होंगचुन र ओसिन आलेमगरको पनि मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…