Swornakshar Logo

भारतीय अभिनेता विवेक ओबराय परिवारसहित नेपालमा

काठमाडौं । भारतीय अभिनेता विवेक ओबराय परिवारसहित नेपाल आएका छन् । नेपालमा रहँदा बुद्ध जन्मस्थल लुम्बिनीमा हुने भेटघाटमा सहभागी हुने उनले जनाएका छन् ।

आमाबाबु, श्रीमती र छोराछोरीका साथमा ओबराय नेपाल आएका हुन् । त्यस्तै सगरमाथा आधार शिविर, पोखरा, लुम्बिनी, काठमाडौंको पशुपतिनाथ मन्दिरलगायतका ठाउँ जाने आफ्नो चाहना रहेको उनले जनाएका छन् ।