Swornakshar Logo

संसद् सचिवालयको पत्रलाई मान्दैनौँ, चोलेन्द्रलाई छिर्न दिन्नौँ : बारका अध्यक्ष पूर्णमान

काठमाडौं । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत छिर्न नदिने घोषणा गरेका छन् ।

सर्वोच्च परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष शाक्यले संसद सचिवालयको पत्रलाई मान्यता नदिने र जबरालाई अदालत पनि छिर्न नदिने बताएका हुन् । उनले संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको पत्र संविधान र कानुनविपरीत भएकाले मान्यता नदिने बताए ।

ुसंसद सचिवालयको पत्र सर्वोच्चमा पनि आएको रहेछ । सूचना पाएपछि हामी सक्रिय भएर उहाँलाई रोक्न गेटमा उपस्थित भयौँ । संसद सचिवालयका महासचिवको पत्र हामीलाई स्वीकार्य छैन । यो संविधान र कानुनविपरीत भएकाले मान्यता दिँदैनौँ,ु उनले भने ।

अध्यक्ष शाक्यले महाभियोग निष्क्रिय भएको भनेर पत्र पठाउने संसद् सचिवालयविरुद्ध रिट दायर गर्ने पनि बताए । ुजबरालाई सर्वोच्च छिर्न नदिन भौतिक रूपमा गेटमा रोक्नेदेखि संसद् सचिवालयविरुद्ध रिट दायर गरेर रोक्छौँ,ु उनले भने ।