Swornakshar Logo

सरकार र डा केसीबीच भयो १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारका माग राखी आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच शनिबार १० बुँदे सहमति भएको छ । अनशन बस्न डा. केसी कैलालीको धनगढी पुगेका थिए ।

स्वास्थ्य अवस्था जटिल बनेपछि उनी काठमाडौं आएका थिए र त्रिवि शिक्षण अस्पतालको बेडबाटै अनशनलाई निरन्तरता दिएका थिए ।

उनीसँग वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली बनाएको थियो भने डा। केसीका तर्फबाट डा। जीवन क्षत्री नेतृत्वको टोलीले वार्ता गरेको थियो । शनिबार सहमति भएपछि डा। केसीले अनशन तोडेका छन् ।

डा केसीले अनशन तोडेपछि भने, ‘सहमति सात दिनभित्र कार्यान्वयन भएन भने फेरि अनशन बस्छु। हामीलाई धोका दिनु भनेको ३ करोड जनतालाई धोका दिनु हो ।’

अनशन तोडे पनि डा केसीको टिचिङमै उपचार हुने छ ।