महाभियोग समितिमाथि नै प्रश्न उठाएका चोलेन्द्रले संसदीय कठघराबाट क–कसलाई दोषी करार गरे
काठमाडौं । महाभियोग सिफारिस समितिलाई दोस्रो दिनको बयानमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग प्रस्ताव गर्ने सांसदले छानबिन गर्न नमिल्ने र स्वार्थ बाझिएको जवाफ दिए ।
दोस्रो दिनको बयानमा राणाले समितिले भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र भ्रष्टाचार केन्द्रित भएर न्याय सम्पादनसम्बन्धी प्रश्नको जवाफमा स्वार्थ बाझिने प्रसंग निकालेका हुन् ।
समितिका सदस्य मीनबहादुर विश्वकर्माका अनुसार राणाले संसदीय प्रणालीमाथि र महाभियोग समितिलाई नै प्रश्न उठाएका थिए । समितिमा राणाले भनेका थिए, ुसरकारको नेतृत्वमा न्यायालय होइन । राजनीतिक गरेको र पार्टीको व्यक्ति न्यायालयमा प्रवेश गर्दा स्वार्थ बाझिएर भ्रष्टाचारमा मुछिएको हो । यो विषयमा आमनागरिक जानकार छन् ।ु
महाभियोग प्रस्ताव गर्ने, आफैँ छानबिन गर्ने, निर्णय र समिति नै प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको राणाले तर्क गरेका थिए । बिहीबार सिंहदरबारमा महाभियोग सिफारिस समितिमा उपस्थित भई बयान दिने क्रममा उनले महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा भएको र समितिबाट कस्तो नतिजा आउला भन्ने प्रश्न गरेका थिए ।
महाभियोग सिफारिस समितिले ४३ वटा प्रश्न तयार पारेको छ । जसमा आजसम्म ६ वटा प्रश्न उनलाई सोधिएको समितिले जनाएको छ । अर्को बैठक १९ भदौका लागि राखिएको समितिका सभापति रामप्रसाद विष्टले जानकारी दिए ।
राणा बिहान ११ बजे सिंहदरबार पुगेका थिए । झण्डै २ घण्टा चलेको बयानका क्रममा उनलाई छवटा प्रश्न मात्र सोधिएको थियो ।
जसमाथि प्रतिशोध देखाए
सत्तारुढ गठबन्धनले लगाएको महाभियोगले संसदीय कठघरामा उभिएका राणा आफ्नो बचाउभन्दा ज्यादा आफूविरुद्ध लागेका न्यायाधीश, बार पदाधिकारी र राजनीतिक नेतामाथि खनिए । महाभियोग सिफारिस समितिका सदस्यका प्रश्नमाथि तिखा प्रतिप्रश्न गर्दै उनले न्यायालय बिग्रनुमा आफू मात्र दोषी नभएको प्रस्टीकरण दिए ।
राणाविरुद्ध ६ महिनाअघि प्रतिनिधिसभामा दर्ता महाभियोगमा सिफारिस समितिले बयान जारी राखेको छ । बयान आरम्भकै दिन बुधबार चार प्रश्नको जवाफ दिने क्रममा जबराले सहकर्मी न्यायाधीशहरू दीपककुमार कार्की, प्रकाश राउत र हरिकृष्ण कार्कीको चर्को आलोचना गरे । महाभियोग समितिका सभापति रामप्रसाद विष्टले बयान सुरु गर्नासाथ जबराले महाभियोग निष्क्रिय भइसके पनि संसदको सम्मानका लागि आफू उपस्थित भएको टिप्पणी गरे । उनीविरुद्ध लागेका आरोपबारे सिफारिस समितिले ४३ वटा प्रश्न सोध्नेछ ।
फागुन १ गते संसदमा महाभियोग दर्ता गरिएपछि उनी स्वतः निलम्बनमा परेका छन् । बुधबार करिब साढे ३ घण्टा चलेको पहिलो दिनको बयानमा जबराले आफूमाथि लागेको आरोपको चर्को प्रतिवाद गरेका छन् ।
सुरुमा उनी न्यायाधीश हरिकृष्ण कार्कीमाथि खनिए । उनले न्यायाधीश कार्कीलाई समितिको बयानमा पदका लागि दोहोरो भूमिका खेल्ने व्यक्ति भएको अरोप लगाए । कार्कीसँगै प्रकाशमानसिंह राउतको चरित्र र नैतिकतामाथि पनि उनले प्रश्न उठाउन भ्याए ।
न्यायाधीश राउतमाथि जबराले तीन आरोप लगाए । पहिलो, मुद्दा हेर्दाहेर्दैमा राखेर पक्षसँग बार्गेनिङ गर्न जान्छन् । दोस्रो, भट्टीमा जाँड खाएर बेहोस भएर ड्राइभरले बोकेर लैजानुपर्छ । तेस्रो, घरेलु हिंसा गरेर श्रीमतीलाई डिभोर्स गर्न बाध्य पारे । यी तीन कारणले उनलाई कारबाहीका लागि लेखेर पठाउने भनेपछि आफूविरुद्ध लागेको जबराको दाबी छ ।
यस्तै, राणाले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र अर्का न्यायाधीश डा। आनन्दमोहन भट्टराईलाई पनि इजलासको इन्कार दोष देखाए । कार्कीले प्रधानन्यायधीश हुनका लागि अनेक चलखेल गरेको राणाको तर्क थियो । ईश्वर खतिवडालाई संकेत गर्दै ‘इमेल लेख्ने न्यायाधीश’ भन्दै आलोचना गरे ।
असंवैधानिक भए पनि केपी ओली र चालेन्द्रलाई हटाउनुपर्छ भन्ने खतिवडाको इमेल चर्चामा आएको थियो । उनीहरूलाई डरपोक न्यायाधीशको पगरी गुथाइदिए ।
साथै, नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौड्यालमाथि पनि उनी बयानका क्रममा खनिए । उनीहरूले न्यायाधीश मागेको र राजनीतिक बलमा न्यायाधीश बन्न खोजेको उनको आरोप थियो ।
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको पनि स्वार्थ रहेको आरोप राणाले लगाए । ‘प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशले हडताल गर्न मिल्दैन । तर, बारमा कार्यरत भ्रातृ संगठनले त्यस्तो गरे । सर्वोच्चबाटै न्यायपालिकाभित्रै प्रधानन्यायाधीश र न्यायपालिकाभित्र निषेधित क्षेत्रमा नाराबाजी ती बारको नेतृत्वमाथि कारबाही किन भएन रु’ उनले बयानका क्रममा प्रश्न गरे ।
यसैगरी, उनले वरिष्ठ अधिवक्ता हरिहर दाहाल र शम्भु थापालाई आफैँलाई इजलास तोक्न दबाब दिने गरेको उनको आरोप छ । दाहाल र थापाले सधैँ इजलास तोक्दा दबाब नस्वीकारेपछि उनी पनि महाभियोग लगाउन हिँडेको जबराको भनाइ छ ।
ललिता निवास जग्गा अनियमिततासम्बन्धी मुद्दाको फैसला आउने भएपछि गठबन्धनले आन्दोलन चर्काएको जबराले बयान दिएका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चल्ने वा नचल्नेबारे १५ कात्तिकमा फैसला सुनाउने मिति तोकिएको थियो । तर, ८ कात्तिकदेखि नै बारले आन्दोलन चर्काएको थियो । त्यसैलाई संकेत गर्दै जबराले भने, ‘यस्तो अवस्थामा कसरी न्याय सम्पादन हुन सक्छ रु’
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध उनी थप खनिए । १ फागुनमा एमाले विभाजनसम्बन्धी मुद्दाको पेसी चढेकोमा त्यसको इजलास नबस्दै आफूविरुद्ध महाभियोग लगाइएको जबराको टिप्पणी छ । ‘गठबन्धनविरुद्ध जाने प्रधानन्यायाधीशलाई चुट्कीको भरमा हटाइन्छ भन्दै माधवजीले भन्दै हिँड्नुभएको त देखियो,’ उनले भने ।
३ घण्टाको बयानमा उनले प्रशंसा गरेका एउटै व्यक्ति हुन्, एमाले अध्यक्ष केपी ओली । ओलीलाई उनले अति शालीन र दूरगामी नेता भन्न भ्याए । ‘यो महाभियोग त एमालेले लगाउनुपर्थ्यो । सर्वोच्च के गर्दैछ भन्ने सबै सूचना उहाँलाई थियो । तर, उहाँले बदमासी गर्ने न्यायाधीशमाथि महाभियोग लगाउनुभएन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्: