Swornakshar Logo

हेटौंडामा जनवादी गायक जीवन शर्माको एकल साँझ सम्पन्न

हेटौंडा । बागमति प्रदेशको राजधानी मकवानपुरको हेटौंडामा जनवादी गायक जीवन शर्माको एकल साँझ भएको छ । प्रगतिशिल लेखक संघ मकवानपुरले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा गायक शर्माले जनवादी गितहरु गाएका थिए । उनको चर्चित गित शिमली छाँया गाउदा धेरै वाही वाही मात्र आएन स्रोतहरुले दोहराउन पनि भने ।
कायक्रममा बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे पनि सहभागी थिए ।

मुख्यमन्त्री पाण्डेले शर्माका गीतले जस्तोसुकै सुतेकोलाई पनि जगाउने गरेको बताए । उनले भने ‘उहाँले गितबाट नै धेरैलाई जगाउदै आउनु भएको हो । धेरै अहिलेको माथिल्ला नेतागण उहाँहरुका गितले जगाएर राजनीतिमा आएका हुन् । म पनि रामेश र जीवन शर्माको गीतले राजनीतिमिा माथि पुगाएका मध्यको हुँ ।’

मुख्यमन्त्री पाण्डेलगायत हलमा भएका दर्शक स्रोताहरु सिमलि छाँयामा बोलको गितमा सबै नाचेका थिय । पाण्डेले भने ‘ठुला सामन्तहरु ईनै गीतहरुले ढालेका हुन र समाज वदलेकाहुन देशमा परिवर्तनको आएको भनेका छन ।’
उक्त कार्यक्रममा मुख्यमन्त्री पाण्डेले बनकरिया जिरेल जस्ता पछाडि परेकालाई घर बनाई दिने र कसैले मेरो घर छैन भन्न नपार्ने बताए ।

कार्यक्रमकै क्रममा आधुनिक राष्ट्रिय मा वि का कक्षा १० मा अध्यायनरत छात्र घनश्याम खाडा मगरले जीवन शर्माको स्केच तस्बिर बनाएर प्रदान गरेका छन ।

बागमती प्रदेशका मुख्यत्रन्त्री राजेन्द्र पाण्डेले गायक शर्मालाई सम्मानपत्र प्रदान गरेका छन् । समाजसेवी तेजराज अधिकारीले पनि शर्मालाई सम्मान स्वरुप रु. १०,००० प्रदान गरे ।