Swornakshar Logo

आँचलले हेटौंडामा दश जना स्रष्टालाई सम्मान गर्ने

हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश जना स्रष्टालाई सम्मान गर्ने भएको छ । साहित्यका विभिन्न विधा, पत्रकारिता, कला तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई आँचलले सम्मान गर्न लागेको हो ।

कोभिड–१९ का कारण २०७८ सालमा प्रदान गर्नुपर्ने सम्मान तथा पुरस्कार यसवर्ष प्रदान गर्न लागिएको आँचलकी अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । साहित्य, कला, खेलकुद तथा पत्रकारितालगायतका क्षेत्रमा योगदान दिएर त्यस क्षेत्रको पहिचानलाई अझ उचाईमा लैजाने स्रष्टाहरुलाई एकसाथ सम्मान गर्न लागिएको उनले बताईन् ।

आँचल साहित्य कला पुञ्जको चौथो अधिवेशनको अवसरमा मकवानपुरसहित अन्य जिल्लाका स्रष्टालाई हेटौंडामा सम्मान गर्न लागिएको अध्यक्ष न्यौपानेले जानकारी दिइन। २०७९ असार २५ गते हुने अधिवेशनमा स्रष्टाहरुलाई सम्मान गर्ने आँचलकी सचिव भावना सापकोटाले जानकारी दिइन् । आँचलले निम्नुसारको सम्मान तथा पुरस्कारबाट स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।

१. बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मानः –२०७८

समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गर्नुभएको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७८ का लागि लामो समय मकवानपुरको साहित्यमा सेवा गरेकी साहित्यकार ÷कवि तीर्थदेवी सिलवाललाई प्रदान गर्ने निर्णय भएको छ । रु १०,००१ राशी र सम्मानपत्रसहित सम्मानित गरिने छ ।

२. प्रतिभा घिताल छन्द पुरस्कार–२०७८

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गर्नु भएको प्रतिभा धिताल छन्द पुरस्कार–२०७८ का लागि झापामा जन्मनु भएकी साहित्यकार विशेषत छन्दलाई माया गर्नु हुने भुषिता बशिष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कार प्रत्येक वर्षमा छन्दमा कलम चलाउने नारी साहित्यकारलाई प्रदान गरिने छ । रु १०,००१ ÷– (दशहजार एक) राशीको यो पुरस्कार २०७५ सालमा स्थापना भएको हो भने पहिलो पटक यो पुरस्कार महाकाव्यकार बुनु लामिछानेलाई प्रदान गरिएको थियो । त्यसैगरी प्रभा भट्टराइ र कृष्णदेवी शर्मालाई प्रदान गरिसकिएको छ ।

३. ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान –२०७८

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गिय अप्सरा तिम्सिना लम्साल तथा छोरा प्रकाश लम्सालले आफ्नो ससुराबा÷ बुबाको नाममा स्थापना गर्नुभएको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान– मकवानपुर जिल्लाको पत्रकारिताका क्षेत्रमा लामो इतिहास बनाउनु भएका कृष्णराम परियारलाई प्रदान गर्ने निर्णय भएको छ । रु एक लाख अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष पत्रकारिताको क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिलाई यो सम्मान दिइदै आएको छ । ७,७७७÷– राशीसहित सम्मानपत्रले सम्मानित गरिने छ । २०७५ सालमा स्थापना भएको यो सम्मान पहिलो पटक अग्रज पत्रकार कौशल पाण्डेलाई प्रदान गरिएको थियो भने प्रताप विष्ट, नवराज शर्मा लाई पनि यो सम्मान दिइसकिएको छ ।

४. टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७८

साहित्यकार रुकु कार्कीलगायत उहाँको बहिनीहरु प्रमिला शर्मा, अम्बिका उप्रेति, अन्जु उप्रतिले आफ्ना स्वर्गिय पिता तथा माताद्धयको नाममा स्थापना गर्नुभएको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७८ का लागि हेटाँडा निवासी कवि÷ निवन्धकार देवराज खरेललाई प्रदान गर्ने निर्णय भएको छ । रु. ११,१११ राशी र सम्मानपत्रसहित सम्मानित गरिने छ । यो सम्मान २०७६ सालमा स्थापना भएको हो । साहित्यमा कलम चलाउने व्यक्तिलाई दिइने यस सम्मान ललिता दोषि र निमेष निखिललाई प्रदान गरि सकिएको छ ।

५. अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७८

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष तथा २०७३ देखि २०७५सम्म अध्यक्षको कार्यभार सम्हाल्नु भएकी स्वर्गिय अप्सरा तिम्सिनाको नाममा उहाँका मातापिता गजाधर तिम्सिना तथा जशोधा तिम्सनाले स्थापना गर्नुभएको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७८ चितवनमा बसेर साहित्यमा आफ्नो बलियो उपस्थिति जनाउने हुने कवि सरिता तिवारीलाई प्रदान गर्ने निर्णय भएको छ । प्रत्येक वर्ष साहित्यको क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने व्यक्तिहरुलाई रु. १५,००१ ÷–राशीसहित सम्मान प्रदान गरिने छ । । यो सम्मान यसै वर्षदेखि प्रदान गर्न लागिएको हो ।

६. सुन्तली माया श्रेष्ठ युवा प्रतिभा सम्मान २०७८

साहित्यलाई असाध्यै माया गर्नु हुने चन्द्रकिरण श्रेष्ठ र उहाँकी धर्मपत्नी मेनुका शर्माले आफ्नो आमा÷सासुआमाको नाममा स्थापना गर्नु भएको सुन्तली माया श्रेष्ठ युवा प्रतिभा सम्मान २०७८ मकवानपुरमा बसेर पत्रकारिता, साहित्यलाई साहित्यमा आफ्नो बलियो उपस्थिति जनाउने हुने कवि छवि अनित्यलाई प्रदान गर्ने निर्णय भएको छ । प्रत्येक वर्ष साहित्यको क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने व्यक्तिहरुलाई रु. १०,,००१ ÷–राशीसहित सम्मान प्रदान गरिने छ । । यो पहिलोपटक सुवास खनाललाई प्रदान गरिएको थियो ।

७. मुक्ति तारा नव प्रतिभा सम्मान २०७८

साहित्यलाई असाध्यै माया गर्नु साहित्यसेवी मुक्तिगोविन्द वैद्य तथा उहाँकी धर्मपत्नी तारा वैद्यले आफ्नै नाममा स्थापना गर्नु भएको मुक्ति तारा नव प्रतिभा सम्मान २०७८ नवसर्जक साहित्य चौतारीकी केन्द्रिय अध्यक्ष समेत रहनु भएकी प्रसन्ना चौलागाईँलाई साहित्यमा कलम चलाउनु हुने नवप्रतिभाहरुलाई यो सम्मान दिइदै आएको छ । ५,००१ ÷–राशीसहित सम्मान प्रदान गरिने छ । । यो पहिलोपटक प्रसिद्धिका लम्साललाई सम्मान गरिएको थियो ।

८.खड्ग बनस्खण्डी प्रतिभा सम्मान– २०७८

मकवानपुरका हास्यव्यङ्ग्यकार डा. गणेशकुमार पौडेलले आफ्नो पिताको नाममा स्थापना गर्नु भएको खड्ग बनस्खण्डी प्रतिभा सम्मान– २०७८ का लागि साहित्यकार जनार्दन खनाललाई प्रदान गर्ने निर्णय गरिएको छ । रु ५,००१ ÷–राशीसहित सम्मान प्रदान गरिने छ । । यो सम्मान पहिलोपटक रामचन्द्र आचार्य फुर्सदीलाई समर्पण गरिएको थियो । पुरस्कार स्थापनकर्ता पौडेलको २०७९ असार ७ गते निधन भएको छ ।

९.मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान– २०७८

शिक्षाविद् देवप्रसाद श्रेष्ठले आफ्नो आमाको नाममा स्थापना गर्नु भएको मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान– २०७८ यस वर्षका लागि चित्रकारितामा आफ्नो दख्खल राख्नु हुने उदयमान नवप्रतिभा ऋत्विक के.बी. लाई प्रदान गरिने निर्णय भएको छ । ऋत्विकले पछिल्लो समय साहित्यमा पनि आफ्नो उपस्थिति देखाउन थाल्नु भएको छ । ३,५००÷ राशीसहित यो सम्मान प्रदान गरिने छ ।

१०.आँचल साहित्य ÷कला सम्मान २०७८

आँचल साहित्य कला पुञ्ज मकवानपुरले आफ्नै संस्थाको नाममा स्थापना गरेको आँचल साहित्य ÷कला सम्मान २०७८ खेलकुदतर्फ भलिबलको क्षेत्रमा विशेष योगदान पु¥याउने हुने भलिवल खेलाडी चुडा खड्कालाई यो सम्मान प्रदान गरिने भएको छ । रु ५,००१ राशीसहितको यो सम्मान प्रदान गरिने छ । नगद राशीको सौजन्य भने समाजसेवी÷साहित्य सेवी मुक्ति गोविन्द वैद्यले गर्दै आउनु भएको छ । यसअघि यो सम्मानबाट कलाकार सूर्य सन्यासी सम्मानित भइसक्नु भएको छ ।