ताजा अपडेट
अपराध

बागमती प्रदेश प्रवेश गर्ने नाकामा प्रहरीको डीजीटल निगरानी, हेटौंडाको रातोमाटेमा सीसी क्यामेरा जडान गरिने

बागमती प्रदेश प्रवेश गर्ने नाकामा प्रहरीको डीजीटल निगरानी, हेटौंडाको रातोमाटेमा सीसी क्यामेरा जडान गरिने

हेटौंडा ।साउन १६ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले बागमती प्रदेश प्रवेश गर्ने सबै नाकामा प्रहरीको डीजीटल निगरानी गर्ने तयारी थालेको छ । सबै भन्दा पहिले हेटौंडाको रातोमाटेमा सीसीक्यामेराबाट निगरानि गरिने भएको छ । प्रदेशको आन्तरिक सुरक्षाका ध्यान दिदै अव प्रविधिकौ माध्यमबाट काम गर्नेगरी तयारी थालिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले वताउनुभयो ।

बागमती प्रदेश प्रवेश गर्ने हेटौंडाको रातोमाटे, खासा केरुङ नाका, भारतबाट प्रदेश प्रवेश गर्ने विभीन्न नाकामा सीसी क्यामेराको माध्यमले निगरानी गर्न लागिएको हो । त्यसका लागि बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बजेटको व्यावस्था गर्ने भएको छ ।

यसैगरी प्रदेशका १० वटै जिल्लाका सदरमुकाममा पनि सीसीक्यामेरा राखिने भएको छ । स्थानीय तहका सरकार र प्रदेश सरकारसंगको सहकार्यमा सीसीक्यामेरा राख्न लागिएको हो ।प्रबिधिका माध्यमले चेकिङ गर्दा सुरक्षामा थप सहजता प्रदान गर्ने छ साथै शान्तिसुरक्षा कायम गर्नका लागि सहयोग पुग्ने र अपराध नियन्त्रण गर्न सहज हुने भएकाले सीसीक्यामेरा राख्न लागिएको लामाले वताए ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…