Bagmati Samachar Logo

मदिरा सेवन गरि आफ्नै निधारमा बन्दुक प्रहार

आफ्नै निधारमा बन्दुक चलाउँदा उदयपुरमा एक जनाले ज्यान गुमाएका छन् । मदिरा सेवन गरेर घर पुगेका लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका विध्याराज राईले भरुवा बन्दुक आफ्नै निधारमा प्रहार गरी आत्महत्या गरेका हुन्।

शुक्रबार राती ८ः३० बजे घरमा पहिला नै भरेर राखेको बन्दुक चलाउँदा घटना घटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोबिन्द पुरीले जानकारी दिए । घटना थप अनुसन्धान भइरहेको पनि उनले बताएका छन् ।

आफ्नै निधारमा गोली प्रहार किन गरे र घटना कसरी घट्यो भन्ने अनुसन्धान भइरहेको डिएसपी पुरीले बताए । एक वर्ष अघि मात्रै राईकी श्रीमतीले पनि विष सेवन गरी ज्यान गुमाएकी थिइन् ।