Bagmati Samachar Logo

जनतालाई मास्क लगाउन सचेत गराउँदै मकवानपुर प्रहरीले

हेटौँडा ।६ साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज हेटौँडामा सचेतना र्यालीको आयोजना गरेको छ । कोभिड १९ को प्रकोप नसकिएको र बजारमा मानिसहरुले माक्सको प्रयोग नगरि हिड्न थालेपछि प्रहरीले आज “तपाईको माक्स खै रु” भन्ने प्लेकार्ड सहित जनचेतना र्याली गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट र्याली सहित आएका प्रहरीको समूहले बुद्धचोकमा बसेर विभिन्न जनचेतनामुलक प्लेकार्ड बोकेका थिए । उनीहरुले “तपाईको माक्स खै रु”,अनिवार्य रुपमा माक्स प्रयोग गरौ, जथाभावी भिडभाड नगरौ, “सामाजिक दुरी कायम गरौं” , “कोरोना हटाउन आजै देखी सामुहिक रूपमा लागौं लगाएतका विभिन्न प्लेकार्ड बोकेका थिए ।

केहिबेरको प्लेकार्ड प्रर्दशनपछि प्रहरीले कार्यक्रमको अन्त्य गरेको थियो । गृह मन्त्रालयले पनि घरबाट निस्कदा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नको लागि देशभरका सबै जिल्लामा पत्रचार गरिसकेको अवस्थामा उक्त विषयलाई थप जनचेतना जगाउनको लागि कार्यक्रमको आयोजना गरेको जनाएका छन् ।