भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गरेको प्रधानमन्त्री ओलीको आरोप
काठमाडौं, असार २९ । प्रधानमन्त्री केपीशर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका छन्।
भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वास्तविक तथ्यमाथि भारतले अतिक्रमण गरेको बताएका छन्।
भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पार्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाई छ ।
उनले भनेका छन, हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं। तथ्यहरूमा अतिक्रमण भएको छ। सीताको विवाह भारतका राजकुमार राम संग भएको भनेर ठानिरहेका छौं। भारत हैन अध्योध्याका राजकुमारलाई दिएका हौं। अयोध्या भनेको वीरगन्ज भन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले भारतले खडा गरिएको अयोध्या वस्तबिक अयोध्या होइन उनले भने।
प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही हो भने त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर भन्ने प्रश्न गरेका छन्। उनले भनेका छन्, राम भारतको सन्तान होइनन्, तर त्यो इतिहास अहिले वहसगरी साध्य छैन।
ओलीले ज्ञान, विज्ञानको सुरुआत र विकास नेपालमा भएको तर त्यसले निरन्तरता पाउन नसकेको पनि बताएका छन्।
प्रतिक्रिया दिनुहोस्: