प्रधानमन्त्री ओली शीतल निवासमा, मन्त्रीहरूलाई बालुवाटार बोलाइयो

काठमाडौं । २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न जानुलाई महत्वका साथ हेरिएको छ ।
गत आइतबार प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिपछि नेकपाभित्र विवाद चर्किएको छ भने प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेताहरु बताउँछन् ।
विवादकै क्रममा सहमतिको प्रयासस्वरुप आज तय स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगीत भए पछि ओली शीतल निवास जानुलाई महत्वका साथ हेरिएको हो ।
आजै ओलीले साँझ ७ बजे मिटिङका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटार समेत बोलाएका छन् तर छलफलको विषय भने नखुलेको जनाएको छ ।
यद्यपि यो नियमित भेटघाट मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: