ताजा अपडेट
राजनीति

प्रधानमन्त्री ओली शीतल निवासमा, मन्त्रीहरूलाई बालुवाटार बोलाइयो

प्रधानमन्त्री ओली शीतल निवासमा, मन्त्रीहरूलाई बालुवाटार बोलाइयो
;f+;bsf k|Zgsf] hjfkm lbFb} k|d cf]nLsf7df8f}F, @* h]7 M;+3Lo ;+;b ejg gofF afg]Zj/df a'waf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ljlgof]hg ljw]os, @)&& dfly k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no, /fli6«o of]hgf cfof]u, /fi6«klt sfof{nonufot ;DalGwt ljifodf p7]sf k|Zgx?sf] hjfkm lbFb} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न जानुलाई महत्वका साथ हेरिएको छ ।

गत आइतबार प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिपछि नेकपाभित्र विवाद चर्किएको छ भने प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेताहरु बताउँछन् ।

विवादकै क्रममा सहमतिको प्रयासस्वरुप आज तय स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगीत भए पछि ओली शीतल निवास जानुलाई महत्वका साथ हेरिएको हो ।

आजै ओलीले साँझ ७ बजे मिटिङका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटार समेत बोलाएका छन् तर छलफलको विषय भने नखुलेको जनाएको छ ।

यद्यपि यो नियमित भेटघाट मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…