Swornakshar Logo

ओलीले पार्टीको निर्णय मान्नु पर्ने अगेनो रेष्टुरेन्ट भेलाको निष्कर्ष

काठमाडौं । १७ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको भेलाले ओलीलाई स्थायी कमिटीको बैठकले गरेको निर्णय मान्न निर्देशन दिने निष्कर्ष निकालेको छ । 

बुधबार दिउँसोबाट ललितपुरको अगेनो रेष्टुरेन्टमा भएको भेलाको निष्कर्ष स्थायी कमिटीले दुवै पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गरेको सहभागी एक स्थायी कमिटी सदस्यले बताए । 

आजको भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादललगायत ३० जना स्थायी कमिटी सदस्य सहभागी भएका ती स्थायी कमिटी सदस्यले बताए । 

नेकपाको स्थायी कमिटी बैठक भोली बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।

प्रचण्ड नेपाल समूहका मन्त्रीहरू पनि आजको ललितपुर भेलामा सहभागी भएका थिए । योगेश भट्टाराई भने सहभागी नभएको एक जना स्थायी कमिटी सदस्यले बताए ।

आज बिहान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको छलफलमा बादल र भट्टाराई पनि सहभागी भएका थिए ।