Bagmati Samachar Logo

‘खतरनाक, जासुस र घुसपैठियाहरु गएकै बेस ।’ सीके राउत

काठमाडौंँ । १६ असार । नेपालमा कसैको पार्टी फुटोस् या जुटोस्, कोहीले पार्टी छोडुन् या प्रवेश गरुन्, कुनै सरकार बनोस् या भत्कियोस्, सबैमा विदेशी शक्तिको हात रहेको भनिन्छ । त्यसमध्ये पनि धेरैमा भारतको हात हुने गरेको भन्ने चर्चा सुनिन्छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतले चलखेल गरिरहेको अभिव्यक्ति अहिले निकै चर्चामा छ ।

यसअघि, नेपाली काँग्रेस पार्टीलाई शेरबहादुर देउवाले पार्टी फुटाउँदा त्यही आरोप लागेको थियो भने एमाले विभाजन हुँदा पनि त्यही आरोप लागेको थियो । तत्कालिन मधेशी जनअधिकार फोरम पटक–पटक विभाजन हुँदा भारतलाई नै औँल्याएको थियो भने सद्भावना पार्टी विभाजन हुँदा पनि भारतकै हात रहेको भनिएको थियो । अहिले समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी गठन भएको छ । यसमा पनि भारतको हात रहेको राजनीतिक वृत्तमा चर्चा भएको छ । भने सिके राउत नेतृत्वको जनमत पार्टीबाट केही नेताले पार्टी त्याग्दा पनि भारतले नै चलखेल गरेको आरोप लगाइएको छ ।

जनमत पार्टीको सिके राउतपछि दोस्रो वरियताक्रममा रहेका कैलाश महतोलगायतका नेताहरुले हालै पार्टी त्यागे पछि सिके रा उतले भने ”खतरनाक, जासुस र घुसपैठियाहरु गएकै बेस ।” आफ्ना ९० जना नेतालाई महतोले पक्राउ गराउन लागेको उनी घुसपैठ भएको आरोप लगाउँदै राउतले महतोलाई भारतको जासुस रहेको आरोप लगाए ।

महतो एजेन्ड भएको र घुसपैठ गरेको थाहा भएपछि उनलाई आन्तरिक रूपमा पार्टीको ‘कोर टीम’ मा नराखिएको राउतले दावी गरे । उनका अनुसार सरकारले तत्कालिन गठनबन्धनमाथि पूर्णप्रतिबन्ध लगाएको बेला भारतमा गोप्य ढंगबाट केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको थियो । चार पाँचजना नेतामा मात्र सिमित रहेको त्यो अतिगोप्य बैठकको सूचना दरभंगामा रहेको भारतीय एजेन्टलाई पुर्याएर नक्सलवादी समूहको आरोपमा आफ्ना कार्यकर्तालाई कैलाश महतोले पक्राउ गराउने योजना बनाएको उनले आरोप लगाएका हुन् ।

त्यो कुरा थाह पाएर भारतमा हुने भनिएको बैठक स्थगित गरिएको दावी गरिएका छन् । ल्यस पछि २०७४ चैत १ र २ गते गोप्यरुपमा राष्ट्रिय परिषद्को बैठक सिरहामा गरिएको थियो । त्यहाँ सहभागीहरूलाई बैठक कुन शहरमा हुने ठाउँको पत्तो पनि नदिएर २०–३० किलोमीटर पर नै मोबाइल र सरसामान खोसेर गोप्य तरिकाले ल्याइएको थियो । ट्रेस हुन नदिन मोबाइल पनि संकलन गरेर अर्कै जिल्लामा राखिएको राउतको सचिवालयले जनाएको छ ।

साथै तत्कालिन गठबन्धन सक्रिय भएर काम गरिरहँदा २०७० सालको चुनावमा कैलाश महतोले विदेशी शक्तिबाट पाँच लाख रुपैयाँ लिएर चुनाव लडेको राउतको आरोप पनि लगाएका छन् । गठबन्धनका गोप्य जानकारीहरू दूतावासमा बुझाउँदै आएको र सो विषयमा स्पष्टिकरण माग्दा महतोले ‘आफ्ना छोरालाई जसरी पनि दूतावासको छात्रवृत्तिमा पढाउन आफूले सूचना दिएको’ कुरा पार्टीलाई बताएको राउतको दावी छ । कैलाश महतोले प्रदेश सरकारका मन्त्री र सरकारका कर्मचारीहरुबाट मोटो रकम लिएर आफ्नो पार्टी फुटाउन प्रयास गरेको आरोप पनि राउतले लगाएका छन् ।

कैलाश महतोले यी सबै आरोपलाई हावादारी भएको बताएका छन् । उनी भन्छन्, ‘यो सब कुरा थाहा थियो भने पहिला नै किन कारवाही नगरेको , अहिले आएर उनको गलत गतिविधिको पर्दाफास भएको छ । त्यही भएर भारतीय जासुसको आरोप लगाउँदै आफू चोखो बन्न मात्र खाजेको हो ।’

भारतीय एजेण्ट हुँ भनेर राउतले प्रमाणित गरे आफू राजनीतिबाट नै सन्यास लिने भन्दै नेता महतोले भने, ‘सिके राउत को हुन् उहाँ कसरी किन राजनीतिमा आउनुभयो सबै कुरा सबैलाई थाहा नै छ । म उहाँ जतिको छुद्र हुन सक्दिनँ । म त्यो स्तरको आरोप प्रत्यारोपमा जादिनँ । मात्र ममाथि लगाएको छ त्यो पुष्टि गराउन म चुनौती दिन्छु ।’भन्दै उनले पोलिग्राफ परीक्षण गर्न पनि माग गरेका छन् ।

‘सिके राउत आफू छात्रवृत्तिमा पढ्न पाउने तर अरुको छोराछोरी किन पढ्न नपाउने रु’ भन्दै प्रश्न गर्दै उनले आफूले आफ्नो छोराका लागि छात्रवृत्तिमा पढाउने प्रयास तर त्यसैका लागि कुनै देशको जासुस वा एजेण्ट नबनको स्पष्ट पारे । ‘त्यसो भए त सिके राउत पनि कुनै न कुनै देशको जासुस नै हुन् किनभने वहाँ पनि छात्रवृत्तिमा नै पढेको हो,’ महतोको तर्क छ ।

सिके राउत जस्तै आफू पनि पार्टीका लागि जेलमा बसेको बताउँदै उनले पछिल्लो समय सरकारसँग ११ बुँदे सम्झौता गर्दा राउत सित्तैमा जेलबाट रिहा भएको तर आफूले चार लाख रुपैयाँ धरौटी राख्नुपरेको दावी गरे । उनले भने, ‘हामीले पैसा तिर्नुपर्ने उहाँ भने बिना पैसा रिहा हुने रु एउटै पार्टीमा एउटै मुद्दामा जेल पर्दा किन यस्तो भेदभाव भयो रु सरकारसँग यत्रो सम्झौता हामीलाई कहिले जानकारी गराइएन रु उहाँले आफ्नो भाषणमा नै भन्नुभएको थियो कि सरकारसँग एक दुई महिनादेखि नै यस विषयमा छलफल चलिरहेको थियो । तर पार्टीमा त्यसबारे कहिले जानकारी गराइएन । म पार्टीको सकेण्ड म्यान थिएँ तर मलाई पनि एकैपटक राष्ट्रियसभा गृहमा मात्र बोलाइयो ।’ सिके राउत को हुन् र उनी किन राजनीतिमा आए र उनले के गर्दैछन् भन्ने कुराहरु विस्तारै खुल्दै जाने उनले दाबी गरे ।