Bagmati Samachar Logo

मकवानपुर बिभिन्न ठाउँमा आयो सलह किरा

पुर्वि मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ४ मा देखिएको सलह किरा ।

हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा सलह किरा देखिएको छ । आजमात्र नेपालको बारा तथा सर्लाहीमा देखिएको सलक किरा मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिका तथा हेटौँडाको वडा नंबर १८ को केहि क्षेत्रमा देखिएको हो ।
मकवानपुरसँग सिमाना जोडिएको बारा जिल्लामा देखिएको सलह किरा बेलुका ५ बजेको सबयमा बकैया गाउँपालिकाको वडा नंबर १, २, ४,५ ,६ तथा ७ नंबर वडाको विभिन्न क्षेत्रमा देखिएको छ । बकैयाको १ स्थानियले भने बेलुका ५ बजेको समयमा ठुलो समुहमा सलह आयो अनि बाली खाएर बसेको छ के गर्नै थाहा छैन औषधी किनेर बजार बाट जाँदा सम्म सबै बाली सिध्याउने भयो । साथै केहि सलह किराहरु भने बेलुका बास बस्न मकवानपुरगढी गाउँपालिकाको वडा न. ७ सुकौरा पुगेको छ । बकैया हुँदै गढी ७ सुकौराको जंगलमां आयर बास बसको छ । त्याहाँका स्थानियले ढ्यांग्रो बजायर, आगोको धुवाँ फैलाएर र माटो छारो हानेर सलह धपाउँने प्रयास गरेको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिधुर हुमगाँइले बतायका छन्र ।