नेपालमा सलह आयो, विषादी छर्केर थाल बजाइँदै किषान
काठमाडौं । १३ असार । नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो वर्ष सलह किरा नआउने निचोडसहितको प्रतिवेदन दिएको थियो । मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाई नेतृत्वमा कार्यदल गठन भएको थियो नेपाल भित्रिएको सलह किराले तरकारी बाली खान थालेका छन् । शनिबार सर्लाही, बारा र पर्सामा सहल भेटिएको छ । फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहल अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गर्छ ।
सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा विहान सलहको विशाल झुन्ड फेला परेको छ । कार्यक्रम प्रमुख वीपी यादवका अनुसार साँझ ८ बजेसम्म किरा देखिएको थिएन, बिहान ६.१५ मा किरा देखिएको थियो । त्यहाँ हजारौंको संख्यामा ठूलो झुन्ड सलह रहेको उनले जानकारी दिएका छन् ।
बाली बिरुवा खाँदै छ, प्रमुख जिल्ला अधिकारीलाई र मन्त्रालयमा जानकारी गराईसकियको छ । अहिले स्थानीयसहित हामी प्राविधिकहरु खटेका छौं । विषादी छर्किने र थाल बजाउने गरेर किरा भगाउँदैछौं ।’
बाराको निजगढ र सिमारामा पनि बिहान सलह किरा आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
दुवै जिल्लामा प्राविधिकसहितको टोली परिचालन भइसकेको प्रवक्ता मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए । सलह किराको समूहले कति क्षति पुर्यायो भने खुलिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्: