कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न गाउँपालिकाद्वारा कृषकलाई मिनि टिलर वितरण

हेटौडा ।१३ असार । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले जोत्ने मेसिन (मिनि टिलर) वितरण गरेको छ ।
कृषिआधुनिकीकरण र यान्त्रीकरण गर्न किसानलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरिएको गाउँ पालिकाको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनु भयो ।
मकवानपुरगढी गाउँपालिका क्षेत्र भित्रका कृषक समूह, कृषि सहकारी र कृषि फर्महरुलाई २२ वटा मिनि टिलर मकपानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको थियो ।
सो कायैक्रम मकपानपुरगढी २ सिखरकटेरीमा गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाको सभाध्यक्षतामा भएको मिनि टिलर बितरण कार्यक्रमामा मकवानपुरगढी २ का वडाध्यक्ष बखान सिं पाख्रिन, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, प्रहरी चौकी चौघडाका ईन्चार्ज डम्बर बि.सी, कृषि प्राविधिक संगिता दुलाल लगायतकोे आतिथ्यता रहेको थियो । गत वर्ष पनि किसानलाइ १२ वटा मिनि टिलर वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: