Bagmati Samachar Logo

नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माद्धारा सचिवालय विघटनको प्रस्ताव

काठमाडौं । १० असार । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आज बसेको स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले सचिवालय विघटन गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

सचिवालयले काम गर्न नसकेकोले यसको कुनै अर्थ नभएको भन्दै उनले वैठकको एजेण्डामै खारेज गर्ने विषय राख्न माग गरे । 

शर्माले पार्टीको ९ सदस्यीय सचिवालयले काम गर्न नसकेकाले यसको औचित्यमाथि प्रश्नमात्र उठाएनन् विघटनको प्रस्तावसमेत गरे । 

‘बैठकको सुरुमा के के एजेण्डा राख्ने भन्दै स्थायी कमिटीका सदस्य बोल्ने काम भयो, जनार्दन कमरेडले सचिवालय खारेज गरौं यो प्रस्ताव स्थायी कमिटी बैठकको बनाउँ भनेर प्रस्ताव गर्नुभएको छ,’ अर्का एक स्थायी कमिटी सदस्यले भने । 

देशमा महामारी हुदा पनि पार्टी सचिवालयले नेतृत्व लिन नसकेको, सरकारका कामकारवाही माथि निगरानी गर्न नसकेको, पार्टी एकतालाई पूर्णता दिन गम्भीर नभएकोलगायतका कारण खारेजीको विकल्प नभएको तर्क राखेका छन् । 

स्थायी कमिटी मातृका यादवले पनि तीन एजेण्डा राखेको बताए । उनले भने, ‘नागकिरता विधेयक, अबको बाटो पूँजीवाद कि समाजवाद र भौतिकवादी कि आध्यात्मवादी के हौ प्रष्ट हुनुप¥यो ।’