काठमाडौं । ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन्।
दुबै सदनबाट सर्वसम्मतिले पारित भएको विधेयक बिहीबार अपरान्ह राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यलयले एक विज्ञप्ती जारी गरेर उक्त कुरा जानकारी गराएको हो ।
राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै उक्त विधेयक अब संविधानको अंग बनेको छ। उक्त विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ।
सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो










प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…