एमसीसीबारे छलफल गर्न असार १० मा नेकपाको स्थायी कमिटी वैठक बस्ने

काठमाडौं । ४ असार ।नेकपा स्थायी कमिटी वैठक असार १० गते बस्ने भएको छ।
असार १० गते स्थायी कमिटी वैठक बोलाइएको नेकपाका महासचिव विष्णु पौडेलले बताए।
उनले भने स्थायी कमिटी वैठक असार १० गते बस्छ । वैठकमा एमसिसी परियोजना लगायतका विषयमा छलफल हुन्छ ।
नेकपाभित्र एमसिसी परियोजना पेचिलो बन्दै गएको छ। एमसिसी परियोजनाबारे अध्ययन गर्न गठित वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वमा भिम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेको कार्यदलले परियोजनाको केहि बुँदाहरु परिमार्जन नगरी एमसिसी पारित गर्न नुहने सुझाव दिएको थियो।
तर परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुदें फरक मत राखेका छन्।
बुधबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच भएको भेटमा वार्तामा स्थायी कमिटी वैठक बोलाउने समय तय भएको थियो।
यसअघि वैशाख २५ र ३१ गते बस्ने भनिएको वैठक स्थगित भएको थियो।
गत वैशाख १० गते २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी वैठक बोलाउन माग गर्दै दुई अध्यक्षलाई पत्र लेखेका
प्रतिक्रिया दिनुहोस्: