भारतीय कलाकार सुशान्तसिंहको आत्महत्यापछि चिन्ताग्रस्त भाउजुको पनि मृत्यु

एजेन्सी ।२ असर | चर्चित भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेपछि विक्षिप्त बनेकी उनको भाउजुको पनि मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार देवर सुशान्तको आत्महत्याको खबरले शोकल भाउजु सुधादेवीको मृत्यु भएको हो।
सुशान्तसिंहको अन्तिम संस्कार भइरहेका बेला घरमै रहेकी सुधादेवीको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
बिहारको पूर्णिया जिल्ला मलडिहा निवासी उनी सुशान्तको आत्महत्याको खबर सुन्नेबित्तिकै विक्षिप्त बने र खाना खान छाडेकी थिइन्।
मुम्बईको बान्द्रास्थित आफ्नै घरमा सुशान्तसिंहले आइतबार पासो लगाएर आत्महत्या गरेका थिए।
प्रतिक्रिया दिनुहोस्: