ताजा अपडेट
राजनीति

अब भारतसँग वार्ता हुन्छःप्रधानमन्त्री ओली

अब भारतसँग वार्ता हुन्छःप्रधानमन्त्री ओली
;f+;bsf k|Zgsf] hjfkm lbFb} k|d cf]nLsf7df8f}F, @* h]7 M;+3Lo ;+;b ejg gofF afg]Zj/df a'waf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ljlgof]hg ljw]os, @)&& dfly k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no, /fli6«o of]hgf cfof]u, /fi6«klt sfof{nonufot ;DalGwt ljifodf p7]sf k|Zgx?sf] hjfkm lbFb} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । ३१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँगको वार्ता अघि बढाउने बताएका छन् ।

उनले अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब वार्ताको काम अघि बढ्ने बताएका हुन् ।
संघीय संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै वार्ता हुने बताए ।

उनले भने, ‘राष्ट्रियताको पक्षमा अखण्डताको यो बहुत राम्रो कुरा हो । केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो । विपक्षमा कोही छैनन् । सिंगो देश एकजुट भएको छ ।’

नेपाली भूमि फिर्ताका लागि संविधान संशोधन भएपनि अबको कदम के हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘अब छिट्टै वार्ता हुने’ बताए । उनले भने, ‘अब वार्ता हुन्छ । अगाडि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…