Bagmati Samachar Logo

भारतबाट अतिक्रमित भूमि समेट्न गरिएको संविधान संशोधनमा यी १२ सांसद अनुपस्थित

काठमाडौं । ३१ जेठ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटेर नेपालले निसान छाप परिवर्तन गर्नको लागि गरिएको संविधान संशोधन विधेयकको मतदान प्रकियामा उपस्थित २५८ मध्ये सबैले पक्षमा मतदान गरे । प्रतिनिधि सभामा तत्काल कायम रहेको २७५ मध्ये दुई तिहाईभन्दा बढी बहुमत नेपालको संविधानको दोस्रो संशोधन २०७७ पारित गरिएको हो । 

तर, २७५ मध्ये १२ जना भने मतदानमा अनुपस्थिति भए त्यसमध्ये सरिता गिरी बैठक बहिस्कार गरेर हिँडेकी थिइन् भन्ने अन्य ११ जना सांसदको अनुपस्थित रहे । सभामखु संसदको तटस्थ व्यक्ति भएकोले मतदान गरेनन् भने ४ सदस्य भने निलम्बित रहेका छन् ।

यी हुन् अनुपस्थित हुने १२सांसद

१.अम्रिता देवी अग्रहरी
२. गोपालबहादुर वम
३.सरिता गिरी
४.धनबहादुर बुढा
५.नगेन्द्र कुमार
६.शिवकुमार मण्डल
७.प्रमोद शाहा
८.सूर्यनारायण यादव
९.सूर्य केसी
१०.हरिबोल गजुरेल
११.ज्ञानकुमारी छन्त्याल

१२.दुलारी देवी खत्वेनी

सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मत अफ्ताब आलम र बिजय कुमार गच्छदार निलम्बित छन् ।