ताजा अपडेट
राजनीति

मन्त्रिपरिषद् बैठक सम्पन्न, बिहिवारदेखि पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय, अन्य निर्णय यस्ता छन्

मन्त्रिपरिषद् बैठक सम्पन्न, बिहिवारदेखि पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय, अन्य निर्णय यस्ता छन्

काठमाडौं । २८ जेठ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार राति सम्पन्न मन्त्रिपरिषद्ले लकडाउनलाई खुकुलो पार्ने निर्णय गररेको छ ।
सरकारले बिहिवारदेखि पसल व्यवसाय सञ्चालन गर्न दिने र निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
यो निर्णय भोलिदेखि नै लागू हुने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । त्यसैगरी बैठकले एसइइको यस वर्षको परीक्षा नगरी कानून बनाएर विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षाफल प्रकाशित गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…