Bagmati Samachar Logo

मन्त्रिपरिषद् बैठक सम्पन्न, बिहिवारदेखि पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय, अन्य निर्णय यस्ता छन्

काठमाडौं । २८ जेठ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार राति सम्पन्न मन्त्रिपरिषद्ले लकडाउनलाई खुकुलो पार्ने निर्णय गररेको छ ।
सरकारले बिहिवारदेखि पसल व्यवसाय सञ्चालन गर्न दिने र निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
यो निर्णय भोलिदेखि नै लागू हुने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । त्यसैगरी बैठकले एसइइको यस वर्षको परीक्षा नगरी कानून बनाएर विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षाफल प्रकाशित गर्ने निर्णय भएको छ ।