Bagmati Samachar Logo

बिनाकारण नेकपा सचिवालय बैठक स्थिगित

काठमाडौं । २७ जेठ । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को मंगलबारका लागि निर्धारण भएको सचिवालय बैठक स्थिगित भएको छ ।

मंगलबार अपरान्ह ४ बजे बस्ने गरी तय भएको बैठक स्थिगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठक किन स्थिगित गरिएको भन्ने समेत जानकारी नभएको भन्दै प्रवक्ता श्रेष्ठले अर्को बैठक कहिले बस्ने भन्ने पनि थाहा नभएको बताए ।

गत शनिबार प्रधानमन्त्री तथा अध्यक्ष समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलपछि मंगलबार बैठकको मिति तय भएको थियो ।

आजको बैठकमा अमेरिकी विकास सहयोग परियोजना (एमसीसी)का बारेमा छलफल हुने तयारी थियो ।

नेताहरुले बैठक स्थिगित के कारणले गरेको हो भन्ने नखुलाएपनि संसदको कार्यसूची लम्बिएका कारण पार्टी बैठक पनि स्थिगित गरिएको हुनसक्ने बताइएको छ ।