संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं । १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कमिटीको बैठकले सरकारले जारी गरेको नेपालको राजनैतिक नक्सालाई संविधानको अंग बनाउने प्रस्तावका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको केन्द्रीय सदस्य गगन थापाले बताए।
प्रतिक्रिया दिनुहोस्: