Bagmati Samachar Logo

सीमामाक्षेत्रमा प्रहरीमाथि भारतीयबाट आक्रमणको प्रयास, प्रहरीद्वारा हवाई फायर

काठमाडौं । २३ वैशाख । नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण प्रयास गरेका छन् । झापा गाउँपालिकास्थित १३१ नम्बर पिल्लरनजिकको सशस्त्र प्रहरी क्याम्पमा सोमबार साँझ आक्रमण प्रयास भएको हो ।

डेढ सयभन्दा बढी भारतीय घरेलु हतियार बोकेर क्याम्प आएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । हवाई फायरपछि उनीहरु तितरबितर भएको उनले बताए ।

प्रजिअ राईका अनुसार सोमबार बेलुका सवा ५ बजेतिर दुई भारतीय नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई सम्झाएर भारततिरै फर्काइदिएका थिए । त्यसको केही बेरमै उनीहरू गाउँलेसहित हतियार बोकेर आएका हुन् ।

सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण हुने क्रम बढेकाले तत्काल जिल्ला सुरक्षा समितिको बैठक बसेर ठोस निर्णय गर्ने तयारी भइरहेको प्रजिअ राईले बताए ।