कोरोना भाइरस संक्रमण नभएका यी ३८ ठाउँ
२३ चैत । काठमाडौ । विश्वभरीका २ सय ९ देशमा कोरोना भाइरस फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एडहानोम गेब्रेयेससले विश्वव्यापी संकटको सामना गर्न एकजुट हुन आग्रह गरेका छन् ।
कोरोना भाइरसका महामारीबाट विश्व नै प्रभावित भएको छ । तर केही देश र केही क्षेत्र अहिले पनि कोरोना भाइरसको संक्रमणबाट बचेका छन् ।
प्रशान्त महासागरको द्वीप तुवालु र पूर्वसोभियत संघको देश तुर्कमेनिस्तानमा अहिलेसम्म कोरोना भाइरस संक्रमण देखिएको छैन । जोन हपकिन्स विश्वविद्यालयको ताजा आकडा अनुसार कोरोना भाइरस विश्वभरीका २ सय ९ देशमा पुगिसकेको थियो ।
आजको समयसम्म विश्वमा १२ लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् । मृत्यु हुनेको तथ्यांक ६४ हजार भन्दामाथि पुगिसकेको छ । करिब २ लाख ५० हजार मानिस निको भइसकेका छन् ।
तर विश्वमा यस्ता केही स्थानहरु भेटिएका छन् जहाँ कोरोना भाइरसको एक पनि विमारी भेटिएको छैन । अहिलेसम्म यसको जानकारी पनि छैन ।
यी देश र क्षेत्रमा कोरोना भाइरस नदेखिनुको कारण के हुन सक्छ रु धेरै कारण मध्ये यहाँको भूगोल सानो छ । जनसंख्या पनि धेरै कम छ । जनसंख्याको घनत्व कम छ ।
तुवालुको कुरा गर्ने हो भने यो द्वीप धेरै सानो छ । यहाँको जनसंख्या धेरै कम छ यहाँ मानिसको आवतजावत पनि सीमित छ ।
जहाँ कोरोना भाइरस पुगेको छैन ती देश र क्षेत्र पर्यटनका लागि प्रख्यात छन् । यस्तो अवस्थामा हरेक देशले लकडाउन गरेका छन् । हवाइ क्षेत्र सबै बन्द छन् । सीमाना बन्द गरिएका छन् । यसकारण यी क्षेत्र बाँकी विश्वसँग सम्र्पकमा नै छैनन् । अझ यसमा पनि केही क्षेत्रको अवस्था त झनै जटिल छ ।
उत्तर कोरिया
उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरस नभएको घोषणा गरेको छ । उसको घोषणामा सबै भन्दा बढी आशंका अमेरिकाले जताएको छ । जब कि उसको सबैभन्दा नकिजको छिमेकी चीनबाट कोरोना भाइरस संक्रमण सुरु भएको हो ।
अहिले पनि अमेरिकाले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । उसले विश्व कोरोना भाइरसको महामारीसँग लडिरहदा पनि परमाणु हतियारकोा लगातार परीक्षण गरिरहेको छ ।
यमन
यमनमा अहिले पनि युद्ध जारी छ । जसको कारण यहाँ कसलाई कोरोना लागेको छ छैन भन्ने चेकजाँचको व्यवस्था नै छैन । यसैसँगको छिमेकी साऊदी अरबमा १५ सय भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
केहि अफ्रिकी देशहरुमा पनि अहिलेसम्म कोरोना भाइरस संक्रमणका बिरामी भेटिएका छैनन् । यसको कारण परीक्षण गर्ने किट नहुनु पनि हो ।
अन्र्टार्कटिका
यो यस्तो महाद्धिप हो । जहाँ कोरोना भाइरसका एकजना पनि देखिएको छैन । यसको कारण हो । यहाँको जनसंख्या अन्तर्राष्ट्रिय अनुसन्धान सेन्टरमा मात्र सीमित छ ।
कोरोना संक्रमण नभेटिएका ठाउँ
१. अन्र्टाकटिका
२.बोनैरी सेन्ट स्टुटैस
३.बोयुभेट आइसल्याण्ड
४.ब्रिटिस इण्डियन ओसियन टेरिटोरी
५. क्रिसमस आइसल्याण्ड
६.कोकोस आइसल्याण्ड
७.कोमोरोस
८.कक आइसल्याण्ड
९.फल्कल्याण्ड
१०.फ्रेन्च साउर्थन टेरोट्ररी
११.हेर्ड आइसल्याण्ड र म्याक्डनलण्ड आइसल्याण्ड
१२.किरबर्टी
१३.लिसोथो
१४.सोलोमन आइसल्याण्ड
१५.समोआ
१६.सेन्ट पेरियो र मेक्युलोन
१७.सेन्ट हेलन
१८.पिटिक्यारियन
१९.पलौ
२०.उत्तर कोरिया
२१.नोरफल्क आइसल्याण्ड
२२.नियु
२३.नयुर
२४.म्याक्रोेनेसिया
२५.मार्सल आइसल्याण्ड
२६.मलावी
२७.स्पर्टली आइसल्याण्ड
२८.सभलबर्ड र जन मइन आइसल्याण्ड
२९.ताजकिस्तान
३०.टोकिलयु
३१.टोङ्गा
३२.तुर्कमेनिस्तान
३३. टुभालु
३४.संयुक्त राज्य मिनर आउटलिङ आइसल्याण्ड
३५.भानुआटु
३६.वालिस र फुटुना आइसल्याण्ड
३७.वस्ट्रेन सहारा
३८. यमन
एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्: