कोरोना भाइरसः विश्वभरी ज्यान गुमाउनेको संख्या ३४ हजार नाघ्यो
काठमाडौं । १७ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४ हजार २२० पुगेको छ ।
अहिलेसम्म विश्वभर ७ लाख २७ हजार १२० जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १ लाख ५९ हजार ८३८ उपचारपछि घर फर्किएका छन् । अहिले ५ लाख ६७ हजार २८२ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये २७ हजार १४२ जना भने गम्भीर अवस्थामा छन् ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली र त्यसपछि स्पेन पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७८९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्: