कोरोना भाइरसः विश्वभरी ज्यान गुमाउनेको संख्या ३२ हजार नाघ्यो

काठमाडौं । १६ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२ हजार १७८ पुगेको छ ।

अहिलेसम्म विश्वभर ६ लाख ८३ हजार ७४७ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १ लाख ५२ हजार ९४५ उपचारपछि घर फर्किएका छन् । अहिले ५ लाख ३० हजार ८४६ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये २६ हजार ३१ ० जना भने गम्भीर अवस्थामा छन् ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली र त्यसपछि स्पेन पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्: