Swornakshar Logo

विश्वकै सुन्दर महिलाहरूको सूचीमा नेपाली मनिता देवकोटा

काठमाडौं । ३ चैत । नेपाली मनिता देवकोटा विश्वको सबै भन्दा सुन्दर महिलाको सूचिमा परेकी छिन् । उनी सन् २०१८ की ‘मिस नेपाल युनिभर्स’ हुन । नेपालकी मनिता अमेरिकामा मोडलिङ पनि गर्छिन् ।

मनिताले सन् २०१८ मा मिस नेपालको ताज पहिरिएकी थिइन् । उनै मनितालाई संसारकै सबैभन्दा सुन्दर महिलाहरूको सूचीमा समावेश गरिएको जीन्यूजले उल्लेख गरेको छ ।सामाजिक सञ्जाल प्रयोगकर्ताले उनका तस्वीरहरू व्यापक रुचाएका छन् ।

उनी मिस युनिभर्सकी टप टेनमा स्थान बनाउन सफल प्रतियोगी पनि हुन् ।


थाइल्याण्डको बैंककमा उनले सन् २०१८ को मिस युनिभर्सको नेसनल गिफ्ट एक्सनको फर्स्ट प्राइज पाएकी थिइन् ।


क्याम्पस जीवनमा उनी आफ्नो खर्च आफैँ जुटाउन दुई ठाउँ काम गर्थिन् ।


मनिता अहिले कैयौँ संस्थाहरूसँग जोडिएकी छन् । उनी वुमेन प्रोटेट मार्चमा पनि सहभागी भइसकेकी छन् । उनी हाल अमेरिकामा बस्छिन् ।