Bagmati Samachar Logo

विश्वका धनी व्यक्ति बिल गेट्सले दिए माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टर्सबाट राजीनामा

१ चैत । काठमाडौं । विश्वका दोस्रो धनी व्यक्ति बिल गेट्सले विश्व प्रसिद्ध कम्पनी माइक्रोसफ्ट कम्पनीको बोर्ड अफ डाइरेक्टर्सको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । बिल गेट्सले सन् २००८ मा कम्पनीको सीईओबाट राजीनामा दिएका थिए । तर उनी २०१४ मा कम्पनीको बोर्ड अफ डाइरेक्टर्सको अध्यक्ष बनेका थिए ।

उनले वैश्विक स्वास्थ्य, शिक्षा र जलवायु परिर्वतन जस्ता मुद्दामा काम गर्न चाहेको र सामाजिक काममा नै आफ्नो ध्यान केन्द्रित गर्न भन्दै पदबाट राजीनामा दिएका हुन् ।

पदबाट राजीनामा दिएपनि उनी सीईओ सत्या नडेला र अन्य अधिकारीको सल्लाहकारका रुपमा काम गर्ने बताएका छन् । र कम्पनी आफ्ना लागि महत्वपूर्ण नै रहने पनि बताएका छन् ।

विश्वका सबैभन्दा धनी व्यक्ति समेत भइसकेका उनले सन् २००० मा पत्नीसँग मिलेर बिल एण्डन मिलिन्डा गेट्स फाउण्डसेन बनाएका छन् ।

२०२० को फोब्र्सको अर्बपतिहरुको सूचीमा उनी १०३ अर्ब डलर सम्पत्तिका साथ विश्वको दोस्रो धनी व्यक्ति हुन् । सूचीको पहिलो नम्बरमा अमेजानका सीईओ जेफ बेजोस छन् । उनको सम्पत्ति ११० अर्ब डलरभन्दा बढी छ ।

माइक्रोसफ्टका सीईओ नडेलाले गेट्सको राजीनामाले कम्पनीलाई ठूलो क्षति पुगेको बताएका छन् । कम्पनीकाअनुसार गेट्सले पद छाडेपछि अब १२ बोर्ड अफ डाइरेक्टर्स मात्र रहनेछन् ।