Swornakshar Logo

होली खेलेपछि नुहाउने क्रममा १५ जनाको मृत्यु

२८ फागुन । काठमाडौं । भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको मृत्यु भएको छ । सुरक्षा अधिकारीका अनुसार मङ्गलबार होली मनाएर नुहाउने क्रममा विभिन्न ठाउँमा भएका घटनामा १५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विभिन्न नदी तथा पोखरीमा नुहाउने क्रममा डुबेका १५ जनाको शव भेटिएको बताइएको छ ।

होली मनाउने क्रममा जाँडरक्सी खाएकाहरु नुहाउने क्रममा दुर्घटना हुने भन्दै नुहाउन नदीमा नजान प्रशासनले आग्रह गरेको थियो । अघिल्ला वर्षहरुमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको ज्यान जाने गरेको थियो । प्रशासनको निगरानीकै बीच नुहाउन गएकाहरुको मृत्यु भएको बताइएको छ ।

यो घटना दुर्भाग्यपूर्ण भएको कटकका जिल्ला कलेक्टर भवानी शङ्कर चयनीले बताए । उनले भने, जिल्ला प्रशासनको तर्फबाट होलीमा मानिसहरुलाई नदीमा नजान पूरै कोसिस गरिन्छ चेतावनी पनि दिइन्छ । तर पनि यस्ता दुखद् घटना भइरहन्छ । यस्तो घटना हुन नदिन अझै सचेत रहनुपर्छ ।

उनले कटकमा मारिएका तीन जनाको परिवारलाई चार लाख भारु सरकारको तर्फबाट दिइने बताए ।