Swornakshar Logo

इरानमा कोरोनाको त्रासपछि कैदी रिहा

२१ फागुन । काठमाडौं । इरान सरकारले कोरोना भाइरसको संक्रमण हुने त्रास बढेपछि ५४ हजार कैदीलाई रिहा गरेको छ । तर उनीहरुलाई अस्थायी रुपमा मात्र रिहा गरेको इरान सरकारले बताएको छ ।

कोरोना भाइरस भीड र समूहमा चाँडै फैलने भएपछि भाइरसको संक्रमण रोक्नका लागि इरानले कैदीलाई अस्थायी रुपमा रिहा गरेको इरानका न्यायपालिकाका प्रवक्ता घोलमहुैन इस्माइलीले बताए ।

जमानतमा उनीहरुलाई छाडिएको छ । पछि फेरि उनीहरुले अदालतले तोकेको आदेशअनुसार सजाय भोग्नुपर्नेछ । इरान कोरोनाभाइरसबाट ग्रस्त मूलुकमध्ये एक प्रमुख राष्ट्र हो । त्यहाँ चीनपछि धेरै मानिस संक्रमणपछि मरेका छन् ।

इरानमा हालसम्म २३ सय जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यहाँ ७७ जनाको मृत्यु भएको छ ।