Swornakshar Logo

कोरोना भाइरसको ओखती गौमुत्र र गोबरको केक

२१ फागुन । काठमाडौं । भारतको दिल्लीमा कोरोना भाइरस देखिएपछि हिन्दु महासभाका अध्यक्ष चक्रपाणी महाराजले त्यसलाई रोक्न वृहत गौमुत्र पार्टी आयोजना गर्ने बताए ।

गौमुत्र, गोबर र दुग्ध पदार्थ खाँदा कोरोनाबाट बच्न सक्ने उनको भनाइ छ ।

उनले भने, हामी जसरी चिया पार्टी आयोजना गर्छौं । त्यसरी नै हामीले गौमुत्र पार्टी आयोजना गर्ने निर्णय गरेका छौं । त्यहाँ आउनेहरुलाई हामी कोरोनाबारेमा जानकारी दिनेछौं र दुग्ध पदार्थबाट बच्न सक्ने बताउँनेछौं ।

उक्त पार्टीमा गौमुत्रका काउन्टरहरु राखिनेछ । उपस्थित हुनेहरुले त्यहाँबाछ गौमुत्र खान सक्नेछन् । यस्तै कार्यक्रममा गाइको गोबरको केक र अगरबत्ती समेत राखिनेछ । यसको प्रयोगले भाइरस एकैछिनमा मर्ने महाराजले दाबी गरे ।

हाललाई दिल्लीमा पहिलोपटक गौमुत्र पार्टी आयोजना गरिनेछ । पछि यस्ता पार्टीहरु भारतभर आयोजना गर्ने तयारी हिन्दु महासभाले लिएको छ।