Swornakshar Logo

आफ्नो नामजस्तै देशको नाम नै फेरिदिने राजा

६ फागुन । काठमाडौं । विश्वमा त्यस्ता मानिसहरु सायदै होलान् जसले आफ्नो नामजस्तै एकाएक पूरै देशको नाम फेरिदिन सक्छन् । अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्यान्डका राजा मस्वाती तृतीयले केही समय अघि आफ्नो देशको नाम फेरिदिएका छन् । उनले देशको नाम फेरेर नयाँ नाम राखे– द किङडम अफ इस्वातिनी राखेका छन् ।

देश स्वतन्त्र भएको ५० वर्ष पुगेको उपलक्ष्यमा राजाले यस्तो घोषणा गरेका हुन् । र, उनको घोषणासँगै यो निर्णय लागू पनि भएको छ । इस्वातिनीको अर्थ चाहिँ स्वाजियोंको माटो’ भन्ने अर्थ हुन्छ । राजाले चालेको यो कदम अप्रत्याशित थियो, आकस्मिक थियो । त्यसो त राजा मास्वातीले धेरै वर्ष पहिले देखि नै देशलाई बारम्बार स्वाजील्यान्ड नभनेर इस्वातिनी भन्दै आएका थिए ।

सन् २०१७ मा संयुक्त राष्ट्र संघमा सम्बोधन गर्दा र सन् २०१४ मा देशको सांसद्मा सम्बोधन गर्दा पनि उनले यही नाम लिएका थिए । तर, देशको नाम परिवर्तन गरिएकोमा स्वाजिल्यान्डवासी आक्रोशित छन् । उनीहरुले देशको आर्थिक व्यवस्था कमजोर हुँदै गएको र राजाले त्यसबाट ध्यान हटाउन यस्तो पहल गरेको आरोप लगाएका छन् ।