Swornakshar Logo

कोरोना भाइरसले वुहान अस्पतालका निर्देशकको मृत्यु

६ फगुन । काठमाडौं । वुहानको उचाङ्ग अस्पतालका निर्देशक लिउ झिमिङको मंगलबार बिहानै निधन भएको छ । कोरोना भाइरसद्वारा संक्रमित झिमिङको उपचारको क्रममा स्थानीय समयानुसार बिहान साढे १० बजे निधन भएको बताइएको छ ।

करिब दुई हप्ताअघि कोरोना भाइरसको महामारीबारे पहिलोपटक चेतावनी दिने डाक्टर लि वेन्लियाङको पनि निधन भएको थियो ।

कोरोनाभाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।